जाल्पा लघुवित्तमा २२ लाख बढीको आवेदन

काठमाडौँ । लामो समयदेखि आइपिओ जारी नभएको बेला नेपाली शेयर बजारमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आइपीओमा सोमवार सम्ममा २२ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझ ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९ सय १९ जना आवेदकबाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरका २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो आवेदन ४ लाख ८७ हजार ९०० कित्ताको ५५.८७ गुणाले बढी हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरका ५ लाख २२ हजार कित्ता आइपिओ जारी गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्