तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा बलेरो अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते

सर्लाही । सर्लाहीमा बलेरो गाडी आफै अनियन्त्रित भई पल्टिँदा गाडीमा सवार २१ जना घाइते भएका छन् । गएराति   बाग्मती न.पा. ४ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ज. २३४९ नं.को सामान बोक्ने बलेरो गाडी आफै अनियन्त्रित भई पल्टिँदा गाडीमा सवार २१ जना घाइते भएको  प्रहरीले  जनाएको छ ।

दुर्घटना हुने बलेरो गाडी प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button