तपाईँ सुन्दै हुनुहुन्छः

आजको मान्छे कविता सङ्ग्रह र अनुपमा गीत सङ्ग्रहको विमोचन 

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा साहित्यकार राजेन्द्रप्रसाद अर्यालको आजको मान्छे कविता सङ्ग्रह र गीतकार सीता अर्यालको अनुपमा गीत सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एकैसाथ विमोचन गर्नुभएको छ । 

आजको मान्छे कविता सङ्ग्रहमाथि वरिष्ठ समालोचक डा लक्ष्मण गौतमले र अनुपमा गीत सङ्ग्रहमाथि प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । 

भर्चुअल माध्यमबाट  सम्पन्न सो  कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्याय, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारी, वरिष्ठ साहित्यकार एवं समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम लगायतले साहित्यिक श्रष्टाहरुलाई राज्यले साहित्य सिर्जनामा लाग्न प्रेरित गर्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button