असिना सहितको वर्षाका कारण करोडौँको काँचो इँटा गलेर नष्ट
बीरगंज । बेमौसमी हावाहुरी तथा असिना सहितको वर्षाका कारण बारा, पर्सा रौतहटमा करोडौँको काँचो इँटा गलेर नष्ट भएको छ ।
हावाहुरी र असिना पानीले मुसुरो बालीमा समेत ठुलो क्षति पुर्याएको छ । बिहीबार रातिदेखि परेको असिनासहितको वर्षाले बारा, पर्सा रौतहटका ३ सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौँ मूल्य बराबरको तयारी काँचो इँटा गलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन् ।

इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामबिनोद साहले रौतहट जिल्लामा १ सय ६२ वटा इँटा उद्योग रहेको बताउँदै वर्षातका कारण सबै उद्योगमा क्षति भएको बताउनुभयो । उहाँले रौतहटमा कम्तीमा ५ करोड भन्दा बढी मूल्यको इँटा गलेर नष्ट भएको जानकारी दिनुभयो ।
वर्षाले गर्दा इँटा व्यवसायमा आबद्ध उद्योगीहरू बर्षेनी समस्यामा परेको र पटक पटक सहयोगको माग गर्दा समेत कुनै सरकारले चासो नदेखाएको इँटा उत्पादक संघका अध्यक्ष साहले गुनासो गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्