तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

सुनसरी । सुनसरीको पूर्वपश्चिम लोकमार्ग लौकही नजिकै भोक्राहा नरसिंह–३ र ६ को सिमाना खुनिया खोला पुलमा गए राति भएको सवारी दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार मृत्यु हुनेमा ना ५ ख २९९६ का चालक निजगढ बाराका २७ वर्षीय शेख फिरोज त्यस्तै ना ८ ख ८४९३ नम्बरको बसका चालक ४५ वर्षीय सरोज राई र बसका यात्रु भारत पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधानको मृत्यु भएको हो ।

बसका चालक झापा गोलधाप निवासी भएको ३ जनाको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पो.मा. घरमा राखिएको छ ।

सवारी दुर्घटनामा २७ जना घाइते भएका थिए । जसमा १७ जना उपचारपछि घर फर्किएका छन् । प्रहरीका अनुसार ९ जना घाइतेको विराटनगरस्थित न्युरो अस्पताल र १ जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button