चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।
चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रवारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरूसँग उहाँले भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताका क्रममा उहाँले सबै राष्ट्र तथा सरकार प्रमुखहरूसँग दुई पक्षीय हित, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदान प्रदानका बारेमा छलफल गर्नुभएको थियो ।
त्यसैगरी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषय, शान्ति र स्थायित्वका बारेमा पनि उहाँहरूका बीचमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रपति जिनपिङले काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसि, टर्कीका राष्ट्रपति गुर्वान्गुली बेर्डीमुखामेडोभ, सर्वियाका राष्ट्रपति अलेकजेण्डर भुसिकलगायतसँग शनिबार भेटवार्ता गर्नुभएको हो ।
उहाँले अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्