तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण बाँकेका एक जनाको मृत्यु

नेपालगञ्ज । कोरोना भाइरसको सङ्क्रमणका कारण बाँकेका एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत नरैनापुर गाउँपालिका वडा नम्बर २ का ५० वर्षीय पुरुषको आज बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

माघ १० गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी ११ गते कोभिड वार्डमा भर्ना भएका थिए । उनले कोभिड विरुद्धको कुनै पनि खोप नलगाएको वलीले बताउनुभयो ।

अहिलेसम्म बाँकेका ३४९ जनाको कोभिडबाट मृत्यु भएको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button