प्युठानमा दुलही लिएर फर्कँदै गरेको जीप दुर्घटना: ६ जनाको मृत्यु, ७ घाइते

प्युठान । प्युठानको गौमुखी गाउँपालिका ओखरपाटामा दुलही लिएर फर्कँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुलही लिएर फर्कँदै गरेको ग१ज ५०९२ को जीप गए राति दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ७ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि प्युठान अस्पताल विजुवार पुर्याइएको डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो ।
जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको रेडियो नेपालका समाचारदाता सञ्जय रिजालले जनाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्