तपाईँ सुन्दै हुनुहुन्छः

देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभावः हल्का वर्षाको सम्भावना


काठमाडाैं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

आज दिउँसो देशका प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाकाे प्रक्षेपण छ ।

राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button