सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु
सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ७ लामसरा निवासी ४० वर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार बिहान आफ्नै घरको भान्सा कोठामा बसी रहेको अवस्थामा चट्याङ पर्दा कामीको घटनास्थलमै मृत्यु भएको स्थानीयहरूले बताएका छन् ।
कामीको मृत्युबारे शुक्रवार बिहानमात्र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएलगत्तै थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय देवस्थल सल्यानका हवलदार प्रेम केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्