तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीलाई लिएर गठबन्धन नटुट्ने : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी विषयलाई लिएर गठबन्धन नटुट्ने बताउनुभएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल बैठकलाई आज सम्बोधन गर्नुहुँदै  अध्यक्ष प्रचण्डले एमसीसीलाई हतियार बनाएर गठबन्धन तोड्ने, राजनीतिक वातावरण बिगार्न र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र असफल भएको बताउनुभयो ।

उहाँले बैठकमा देश निर्वाचन केन्द्रित हुन थालेकाले पार्टीलाई गाउँ केन्द्रित कार्यक्रम बनाएर परिचालन गर्न निर्देशन दिनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले पार्टी नेता कार्यकर्ता उत्पादनमा जोडिएर मात्र अबको पार्टीलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो । 

अर्थमन्त्री शर्माले हरेक पार्टी सदस्य उत्पादनमा जोडिएर मात्र समाजवादको आधार तयार हुने भएकाले अबको सङ्गठन उत्पादन केन्द्रित बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button