ठगी गरेको आरोपमा ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखास्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।
युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।
हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका सञ्चारकर्मीहरूमाथि पनि आक्रमण भएको थियो ।
पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको छ ।








प्रतिक्रिया राख्नुहोस्