तपाईँ सुन्दै हुनुहुन्छः

सिजी सिमेन्टको जग्गा विप्लव नेकपाद्वारा कब्जा

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीले सिजी कम्पनीको २३ रोपनी जग्गा कब्जा गरेको छ । रिब्दिकोट गाउँपालिका वडा नम्बर १ जोगीथुम देउले फलाटमा रहेको सिजी कम्पनीको चुन उत्खनन जग्गा विवादित भएको भन्दै कब्जा गरेको हो ।

नेकपाले उक्त जग्गा स्थानीय प्रतिनिधि बाम बहादुर कुमालले सिजी कम्पनीले सञ्चालन गरेको सिमेन्ट फ्याक्ट्रीलाई चुन उत्खनन गर्न पुस्ता देखि भोगचलन गर्दै आएको धनु कुमालको जग्गा जालसाजी गरी बेचेको आरोप समेत लगाएको छ । उक्त जग्गा पीडितका अनुसार कसरी हामीले भोग चलन गरेको जग्गा सिजी कम्पनीमा गयो भन्ने कुरा थाहा नभएको पीडित धन बहादुरले बताउनुभयो । 

पीडितलाई न्याय दिन उक्त जग्गा कब्जा गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज अपेक्षाले बताउनुभयो । उहाँले उक्त जग्गा पीडितले न्याय नपाउँदा सम्म आफ्नो पार्टीको कब्जामा रहने बताउनुभयो । साथै धनु कुमाल माथि भवितव्य केही भएमा स्वयम् सिजी कम्पनी र उसको प्रतिनिधि बाम बहादुर कुमालले जिम्मेवारी लिनुपर्ने, अन्यथा आफ्नो पार्टीले सशक्त प्रतिरोध गर्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button