तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगका स्थगित परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने (सूचनासहित)

काठमाडौँ । लोकसेवा आयोगले फागुन ७ गतेदेखि स्थगित परीक्षाहरू सञ्चालन गर्ने भएको छ ।

आयोगले कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्न लागेको हो । 

आयोगले कोभिड–१९ महामारीको कारण स्थगित गरिएका उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन गर्न लागेको जनाएको छ ।

न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, हाइड्रोलोजी, मेटेरियोलोजी, सर्भे, वन, शिक्षा, माइनिङ, कृषि, पुस्तकालय विज्ञान, स्यानिटरीलगायत सेवाका परीक्षा हुने जनाइएको छ ।

आयोगले परीक्षाहरू सञ्चालनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ ।

लोकसेवा आयोगका परीक्षाहरूको नयाँ तालिका:

प्रतिक्रिया राख्नुहोस्

Back to top button