तपाईँ सुन्दै हुनुहुन्छः

विश्व सिमसार दिवसको अवसरमा सामुदायिक वनमा वृक्षारोपण

बारा । विश्व सिमसार दिवसको अवसरमा सिमरास्थित थानिमाई सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण गरेको छ ।

थानिमाई सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र निर्माण हुन लागेको पोखरी वरिपरि समितिले विभिन्न जातका बिरुवाहरू वृक्षारोपण गरेको समितिका अध्यक्ष गोविन्द अधिकारी विनोदले जानकारी दिनुभयो ।

करिब १५ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको पोखरी स्थलमा अहिले पोखरी खन्ने काम भइरहेको छ ।

सिमसार क्षेत्र निर्माणको लागि बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गरिरहेको अध्यक्ष विनोदले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button