तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन तत्काल टुट्ने अवस्था छैन: अध्यक्ष नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता सञ्चालन गरिरहेका दलहरूबिचको गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको बताउनुभएको छ ।

File photo

नेकपा एस निकट विद्यार्थी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ दलहरूबिच सत्ता सञ्चालनका विषयमा कुनै मतभेद नरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले सत्ता गठबन्धन दलका नेताहरू बिच निरन्तर भेटघाट र छलफलहरू भइरहेको र सहकार्यलाई निरन्तरता दिन नेताहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले देशको राजनीतिलाई सही दिशा दिन वर्तमान गठबन्धन निर्माण भएको हुनाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button