तपाईँ सुन्दै हुनुहुन्छः

बाबा दुधेश्वरनाथ भाठाधाममा भव्य मेला लाग्ने

पर्सा । हिन्दु परिषद् नेपालको सहयोगमा बाबा दुधेश्वरनाथ भाठा धाममा मेला लाग्ने भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथलैया बारामा सर्वपक्षीय छलफलबाट पर्सा जिल्लाकै गौरवको रुपमा रहेको दुधेश्वरनाथ भाठा धामको मेलालाई निरन्तरता दिने र भव्य तथा सभ्य तरिकाले मनाउने र सम्पुर्ण सरोकारवालाहरूले रचनात्मक भूमिका निर्वाह गर्ने सहमति भएको हिन्दु परिषद् नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले जानकारी दिनुभयो ।

मेलामा मास्क अनिवार्य लगाउने, सरसफाइ गर्ने, एकै ठाउँमा धेरैको सङ्ख्यामा भिड नगर्ने, चर्को स्वरमा ध्वनि प्रदूषण नगर्ने, जङ्गलका जनावरलाई उत्तेजित पर्ने कार्य नगर्ने, शान्ति सुरक्षाको ख्याल राख्ने, आपराधिक एवम् गैर कानुनी क्रियाकलाप गर्ने व्यक्तिबाट सजग रहने लगायतका कार्यलाई प्रमुखताका साथ पालना गर्ने सहमति भएको अध्यक्ष पटेलले जानकारी दिनुभयो ।

भाठाधाममा पूजाको लागि आउने श्रद्धालु भक्तजनलाई सहज रुपमा प्रवेश दिन व्यवस्थापन गर्ने पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पथलैया बाराले जनाएको छ ।

ऋषि पञ्चमीको दिन भाठा धाममा विशेष पूजा पाठ हुने गरेको छ । यो क्षेत्र मध्य तराई र भारत विहारमा निकै लोकप्रिय रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button