केन्द्रिय सुरक्षा समितिको बैठक: स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल
काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तोक्ने गृहकार्य भइरहेको बेला आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
गृहमन्त्रीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनको सुरक्षाबारे छलफल भएको हो ।
छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले समसामयिक सुरक्षा स्थिति र निर्वाचनको सुरक्षाका लागि आवश्यक तयारी गर्न निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको गृह प्रवक्ता फणीन्द्रमणि पोख्रेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका पदाधिकारीहरूसँग हिजो भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सुरक्षाको तयारी गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो । उक्त निर्देशनपछि गृहमन्त्री खाँणले आज केन्द्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।
बैठकमा गृहमन्त्री खाँण, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्