तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित
तान्जानियाको सभामुखका ४५ वर्षीया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ ।
तत्कालीन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उहाँले राजीनामा दिनुभएको थियो । उहाँको ठाउँमा अक्सन निर्वाचित हुनु भएको हो ।
नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुनुहुन्छ ।उहाँ तान्जानियाको आठौँ सभामुख हुनुभएको छ । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।
पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसद्लाई चलायमान र सबैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिबद्धता जनाउनु भयो । रासस








प्रतिक्रिया राख्नुहोस्