बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु
नेपालगञ्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
पुस २३ गते कोरोना पुष्टि भएका उनी २४ गते भर्ना भएका थिए । उनको आज बिहान पौने ९ बजे मृत्यु भएको हो ।
योसँगै बाँके जिल्लाका ३ सय ४७ जनाको कोभिडबाट मृत्यु भएको छ । बाहिरी जिल्लाका ४ सय ४१ जनाले ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्