देवघाटमा ७४ थान अवैध सालको काठसहित बलेरो जीप प्रहरीको नियन्त्रणमा

तनहुँ । तनहुँको देवघाट गाउँपालिकास्थित घिनटारबाट अवैध सालको काठसहित बलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय देवघाटले गए राति करिब २ः०० बजेतिर देवघाटको घिनटारबाट अवैध सालको काठसहित ना२च ७३७५नम्बरको बलेरो जीप नियन्त्रणमा लिएको हो ।
उक्त जीपबाट ७४ थान सालको काठ बरामदसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने जानकारी दिनुभयो । साथै बरामद गरिएको काठ, जीप र चालकलाई सब डिभिजन बन कार्यालय देवघाटलाई बुझाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, उक्त जीपमा बरामद भएको काठ ४८.९५ क्युफिट रहेको सव डिभिजन वन कार्यालय देवघाटका प्रमुख नवराज ढकालले जानकारी दिनुभयो ।
बरामद काठको मूल्य बजार मूल्य अनुसार करिब चार लाख जति पर्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्