बाँकेमा आजदेखि बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

नेपालगञ्ज । बाँकेमा आजदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
आजदेखि १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरूलाई मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूले तोकेका खोप केन्द्रहरूमा खोप लगाउन सुरु गरिएको छ । आ–आफ्ना बालबालिकालाई तोकिएको विद्यालय तथा खोप केन्द्रमा लिई आज र भोलि (बिहीबार) खोप लगाउन सकिने श्रेष्ठले बताउनुभयो ।
बाहिरी जिल्लामा अध्ययन गर्ने तर विद्यालय बन्द रहेका कारण बाँके जिल्लामै रहेका र विद्यालय नजाने बालबालिकाहरूलाई समेत उमेर खुल्ने जन्म दर्ता वा अन्य कागजातका आधारमा पनि खोप लगाइने भएकोले पायक पर्ने नजिकको विद्यालय वा खोप केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य कार्यालय बाँकेले आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्