जाजरकोटमा एक सय ६१ जनामा कोरोना संक्रमित

जाजरकोट । जाजरकोटमा एक सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय लगायत स्वास्थ्य संस्थामा गरिएको स्वाब परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले बताउनु भएको छ ।
७ सय ४६ जना जाँच गरिएकोमा सङ्क्रमितको सङ्ख्या बढेको खत्रीले बताउनु भएको छ । केही महिना कोरोना संक्रमित शून्य रहेको जाजरकोटमा माघ यता कोरोना दर फैलिएपछि कोरोना संक्रमण दर बढेको छ ।
अहिले मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर औंसर सिंह राठौंरले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्