सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गरी मन्त्रीपरिषद्को निर्णय अनुसार माघ १९ गते बुधबार मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो।
मन्त्रिपरिषद्को यही माघ १७ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता बसन्त भट्टराइद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो ।









प्रतिक्रिया राख्नुहोस्