कन्टेनर पल्टिँदा चालकको मृत्यु
चितवन । चितवनमा अनियन्त्रित भई कन्टेनर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिकाका मेघराज खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विस्तार भइरहेको नारायणगढ–गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृत्यु भएको हो ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो २ बजेर २० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर १२ वसन्त चोकमा अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएको थियो ।
चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्