तपाईँ सुन्दै हुनुहुन्छः

‘सुकुम्बासीको घरमा बसेर लालपुर्जा प्रदान गरिन्छ’

चितवन । राष्ट्रिय भूमि आयोग, चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भटमास चिउरा खाएर, सुकुम्बासीको घरमा बसेर लालपुर्जा प्रदान गरिने बताउनुभएको छ ।

सोमबार भरतपुरका विभिन्न सुकुम्बासी सङ्घ संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले लालपुर्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सुकुम्बासी बस्ती रहेको भरतपुरको वडा नम्बर ११ र २ का स्थानीयहरूलाई सम्बोधन गर्दै वास्तविक सुकुम्बासीले केही दिनभित्र सेतो नभई रातो लालपुर्जा पाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button