तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशकाे अर्थ तथा विकास समितिको सभापतिमा सिलवाल र शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल निर्विरोध

मकवानपुर । बागमती प्रदेश अन्तरगतको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा एमालेका सांसद विजयी हुनु भएको छ । प्रदेश सभाअन्तर्गत सोमबार भएको दुई वटा समितिको निर्वाचनबाट सभापतिमा एमालेका नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेल विजयी हुनु भएको हो ।

निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र सहभागी भएपछि दुवै समितिको सभापतिमा एमालेका सांसदहरू विजयी हुनु भएको प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरूलाई विजयी घोषणा गरिएको थियो । उनीहरूले आजै शपथ ग्रहण समेत गर्नुभएको छ । 

गत वैशाखदेखि रिक्त रहेको अर्थ समितिमा २० जना सदस्यमध्ये एक जना सभापति चयन भएको हो । भने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एक जना सभापति चयन भएको हो । अर्थ समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । भने, शिक्षा समितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त हुनु भएसँगै उक्त पद पनि रिक्त भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button