तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आजका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।

प्रदेशसभाका अनुसार विशेष कारणवश आज १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक भोलि १ बजेका लागि बोलाइएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यता नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, नेकपा माओवादी केन्द्र दलका नेता महेन्द्रबहादुर शाही र नेपाली काँग्रेस दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीबिच बैठकका बारेमा छलफलमा भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button