सेती प्रादेशिक अस्पतालमा थप एक सय जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा थप एक सय जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ४३ जनाको पिसिआर जाँच गर्दा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा २४ जना सङ्क्रमितको उपचार भइरहेको छ । यस्तै आज थप ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्