तपाईँ सुन्दै हुनुहुन्छः

अतिविपन्न सुत्केरी आमालाई सहयोग

सिमकोट। जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरूलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो छ । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरूलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button