मोटरसाइकल चोर रङ्गेहात पक्राउ
बीरगंज । पर्सा प्रहरीले मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा वीरगन्जबाट १ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

गए राति १० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१२ स्थित सानो पाइला भोजनालय अगाडिबाट स्थानीय कृष्णा कुमार साहको नाममा दर्ता रहेको ना.५३ प ४२८५ नम्बरको पल्सर मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा चितवन जिल्ला कालिका माई नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षीय रोशन डुम्जनलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको थियो ।
मोटरसाइकलको लक टुटाई भाग्दै गरेको अवस्थामा पक्राउ परेका डुम्जनलाई अदालतबाट म्याद थप गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्