सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
आज कैलालीको गौरीगङ्गाका ६५ बर्षिया महिला र कञ्चनपुरको कृष्णपुरका ३१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
दुवै जना सङ्क्रमितको आइसियु राखेर उपचार भइरहेको थियो । योसँगै हालसम्म सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २ सय १९ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्