तपाईँ सुन्दै हुनुहुन्छः

बाबुले चलाएको ट्र्याक्टरले किचेर बालिकाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर आज दिउँसो दुई बर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन् । घरमा पार्किङ गरेर राखेको मे १ त ७५९ नम्बरको ट्र्याक्टर बालकृष्णले स्टार्ट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन् ।

घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button