तपाईँ सुन्दै हुनुहुन्छः

चण्डी प्रसाद गण श्रीपुर वीरगन्जमा निःशुल्क आँखा शिविर

वीरगञ्ज । चण्डी प्रसाद गण श्रीपुर वीर गन्जमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

वीरगन्जको किरण आँखा अस्पताल तथा एलाईड यूथ सोसाइटीको सहजीकरणमा भएको आँखा शिविरमा १७० सैनिकहरूको आँखा परिक्षण गरिएको डाक्टर अमर क्यालले जानकारी दिनुभयो ।

गणका प्रमुख सेनानी तथा गणपति मनोज कार्कीको नेतृत्वमा भएको उक्त आँखा शिविरमा आँखा अस्पतालले निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

शिविरमा आँखा अस्पताल तथा एलाईड यूथ सोसाइटीका सदस्यहरूले प्राविधिक सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button