बाँकेमा ९३ जनामा कोरोना पुष्टि, ७८ जना निको

नेपालगञ्ज । बाँकेमा आज ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन परीक्षणको ५८.१ प्रतिशत हो । यसमा बाँकेका ६१ जना छन् । बाँकेमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या ९३४ पुगेको छ ।
भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा १६० नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।
भेरीमा ९० नमुना जाँच्दा ५७, मेडिकल कलेजमा ५४ मा ३१ र बागेश्वरी ल्याबमा १६ नमुनामा ५ जनालाई कोरोना पुष्टि भएको छ । आज ७८ जना निको भएका छन् । भेरी अस्पतालमा हाल २९ जना उपचाररत छन्







प्रतिक्रिया राख्नुहोस्