तनहुँमा लागू औषध र पेस्तोलसहित एक जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागू औषध र पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाँडास्थित कर्ण बहादुर गुरुङको घरमा डेरा गरी बस्ने २६ वर्षीय निनु कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि श्रेष्ठको कोठा खानतलासी गर्ने क्रममा डाईजेपाम १३३ एम्पुल, नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, नाईट्रोभेट ट्याब्लेट १९२ चक्की, स्पास्मो प्रोसिभोन प्लस ५४ चक्कीसहित इटलीयन अटोमेटिक ७.०५ एमएमको १ थान पेस्तोलको म्याग्जीन बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्