तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्लो समय बर्दियामा सवारी दुर्घटना बढ्दो

file photo

बर्दिया । दैवी प्रकोप भन्दा पनि धेरै सङ्ख्यामा सवारी दुर्घटनाबाट ज्यान जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख ईश्वर देवकोटाले बताउनु भएको छ । सवारी दुर्घटना बजार एरिया भन्दा पनि खुला ठाउँमा बढी हुने गरेको उनले बताए । खुला ठाउँमा सवारी अत्यधिक तीव्र गतिमा चलाउने भएकाले दुर्घटना बढी हुने गरेको बताउनुभएको छ  

आर्थिक वर्ष ०७५/०७६ देखि चालु आर्थिक वर्ष ०७८/०८९ सम्ममा सवारी दुर्घटनाबाट बर्दिया जिल्लामा १२२ जनाको मृत्यु भएको रेकर्डले देखाउँछ । सवारी दुर्घटनामा यति धेरै सङ्ख्यामा मृत्यु हुनु अस्वाभाविक स्थिति भएको  ट्राफिक प्रमुख ईश्वर देवकोटाले बताउनुभएको छ । 

गत आर्थिक वर्ष ०७७/७८ मा ८९ वटा सवारी दुर्घटनाको सङ्ख्या रेकर्ड भएको छ जसमा ३७ जनाको निधन भएको छ  भने १४० जना घाइते भएका छन् । चालु आर्थिक वर्ष ०७८/०७९ को पुस मसान्त सम्ममा ३० वटा सवारी दुर्घटनाको सङ्ख्या रेकर्ड भएको छ जसमा १४ जना मानिसको निधन भएको छ भने ७१ जना घाइते भएका छन् ।

जब सम्म नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् । तब सम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने प्रहरी हवल्दार कृष्ण डाँगी बताउनु हुन्छ । आफूसँग भएको जनशक्तिले भ्याएसम्मा आफूहरूले काम गरिरहेको उनले जानकारी गराउनु भयो । 

सवारी दुर्घटना न्यूनीकरण गर्न स्थानीय सरकारले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने साथै सडक विभाग र यातायात कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न समय समयमा गाडीको चेक जाँचमा कडाइ हुनुपर्ने स्थानीय बताउँछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button