तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्यको लागि मतदान सम्पन्न, २ हजार ७ जनाद्वारा मतदान

file photo

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । 

सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा भएको निर्वाचन उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । अब राजनीतिक दलहरूसँग छलफल गरी मत गणना प्रारम्भ गर्ने आयोगले जनाएको छ ।

निर्वाचनमा नौ राजनीतिक दलका ४३ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा भएको छ भने सातै प्रदेशमा कूल २ हजार २५ जना मतदाता रहेकोमा २ हजार ७ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । 

देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । 

आगामी फागुन २० गते नेकपा (एमाले)का ८, नेकपा (एकीकृत समाजवादी) का ४, नेकपा (माओवादी केन्द्र) का ४ र  नेपाली काँग्रेसका ३ गरी १९ जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । 

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button