तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा मतदान सम्पन्न

file photo

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ । 

मतदानका लागि धनगढीस्थित प्रदेश सभा भवन परिसरमा छुट्टा–छुट्टै ठाउँमा मतदान स्थलको व्यवस्था गरिएको थियो । बिहान ९ बजे देखि शुरु भएको मतदानको अवधि दिउसो ३ बजेसम्म तोकिएको थियो । सहायक निर्वाचन अधिकारी प्रेम भट्टले २ सय २७  मत खसेको बताउनुभयो । केही बेरमा मतगणना शुरु गरिने उहाँले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा महिला, दलित, अन्य गरी तीन सदस्य निर्वाचित हुने छन् । राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबाट काँग्रेसका नारायणदत्त मिश्र (अन्य), एसका मदनकुमारी शाह (महिला), माओवादी केन्द्रका जगत पार्की (दलित) तर्फ उम्मेदवार रहेका छन् । 

यसैगरी एमालेबाट डिल्लीराज भट्ट (अन्य), सन्तोष कुमार शर्मा थापा (महिला), नरेश बिक (दलित) तर्फ उम्मेदवार रहेका छन् । सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button