तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकैदिन १६२ जनामा कोरोना पुष्टि

नेपालगञ्ज । बाँकेमा आज पनि ठूलो सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १६२ जनामा कोरोना पुष्टि भएको छ । जुन ६५.५९ प्रतिशत हो । यसमा बाँकेमा मात्र ९७ जना छन् । बाँकेमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या ८२३ पुगेको छ ।

ओमिक्रोनको संक्रमण फैलिएपछि यो हालसम्मकै सर्वाधिक सङ्ख्या हो । भेरी अस्पताल ल्याब, मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्याबमा पछिल्लो २४ घण्टामा २४७ नमुना परीक्षण गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

भेरीमा १३६ नमुना जाँच्दा ८९, मेडिकल कलेजमा ७९ मा ५४ र बागेश्वरी ल्याबमा ३२ नमुनामा १९ जनालाई कोरोना पुष्टि भएको छ । आज ४६ जना निको भएका छन् । एक जना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा भर्ना हुने संक्रमित पनि बढेका छन् । यहाँका अस्पताल र आइसोलेसनमा ४७ जना उपचाररत छन् । ती मध्ये ४५ जना मध्यम, १ जना सिकिस्त र १ जना भेन्टिलेटरमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button