तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्ग मिचेर बनेका संरचना हटाउन निर्देशन

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी देखि चिडियाखोला क्षेत्रमा सडक क्षेत्राधिकार मिचेर बनाइएका संरचना तत्काल हटाउन सडक डिभिजन कार्यालय पाल्पाले निर्देशन दिएको छ ।  

सडक डिभिजनले एक महिनाको समय दिँदै माघ मसान्त भित्र सडकको क्षेत्राधिकारभित्र बनेका संरचना हटाउन सूचना प्रकाशित गरेको छ । यदि उक्त समय भित्र संरचना नहटाए सडक कार्यालयले नै उक्त संरचना हटाउने र सम्बन्धित व्यक्तिबाटै उक्त संरचना हटाउन लागेको खर्च असुलउपर गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button