कञ्चनपुरमा पहिलो पटक दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि

कञ्चनपर । कञ्चनपुरमा पहिलो पटक दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट नेपाल फर्केकाहरूको स्वाब सङ्कलन गरी परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएका मध्य दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
ओमिक्रोन पुष्टि हुनेमा पुनर्वास नगरपालिका २ का २९ वर्षीय पुरुष र दोधाराचांदनी नगरपालिका २ का ४२ वर्षीया पुरुष रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्