तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर २ की ७० वर्षीया महिलाको उपचारका क्रममा आज बिहान भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क व्यक्ति तेज वलीले बताउनुभयो । 

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पिसिआर परीक्षण गराएकी उनी ९ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । ओमिक्रोन संक्रमण फैलिएपछि भेरी अस्पतालमा यो दोस्रो मृत्यु हो । यसअघि माघ ३ गते दाङकी एक महिलाको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button