तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय बर्दियाको सेवा एक साताका लागि बन्द

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकांश कर्मचारीहरू कोरोना संक्रमित भएपछि एक साताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाको सेवा प्रवाह स्थगित गरिएको छ ।

सोमबार कार्यालयका ३२ जनामा  गरिएको कोरोना परीक्षणमा १९ जना संक्रमित फेला परेसँगै माघ १५ गतेसम्मका लागि अत्यावश्यक (शान्ति सुरक्षा) बाहेक सम्पूर्ण सेवा स्थगित भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले  जानकारी दिनुभयो । सोमबार बर्दियामा एकै दिन १ सय ४८ जना कोरोना संक्रमित थपिएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button