तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदी कारागारमा एक कैदीको लडेर मृत्यु

मकवानपुर ।मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारमा एक कैदीको लडेर मृत्यु भएको छ । लागू औषध मुद्दामा सजाय काटिरहेका बारा जिल्ला गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको शौचालय जाने क्रममा लडेर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रमुख मदन लामा थिङका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार पछि थप उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएका हो । अघिल्लो वर्षको भदौ महिनादेखि लागु औषध मुद्दामा सजाय काटिरहेका मृतक जैसवालको शव परिवारले बुझिसकेका छन् । कारागारमा हाल ९९८ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button