तपाईँ सुन्दै हुनुहुन्छः

चित्तल संरक्षणको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

मकवानपुर । हेटौँडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरूले चित्तल संरक्षणको माग गर्दै सोमबार प्रदर्शन गरेका छन् । 

पछिल्लो दुई सातामा खुल्ला रुपमा छाडिएका कुकुरको आक्रमणबाट चार वटा चित्तलको मृत्यु भएपछि विद्यार्थीहरूले चित्तल संरक्षणका लागि ध्यानाकर्षण गराउन हेटौँडा उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका हुन् ।

पछिल्लो दुई साताको अवधिमा चित्तलका ४ वटा पाठापाठी कुकुरको आक्रमणमा मारिएपछि सरोकारवालालाई ध्यानाकर्षण गराउने प्रयास गरिएको विद्यार्थीहरूले बताएका छन् । 

विद्यार्थीहरूले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौंलागाँईलाई कुकुरको आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । 

उपमहानगरपालिकाका मेयर र उपमेयर दुवै जनालाई नभेटिएपछि विद्यार्थीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण गराएका हुन् । प्रमुख प्रशासकीय अधिकृत चौंलागाँईले चित्तल संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button