कास्की प्रशासनको सेवा अनिश्चीतकाल सम्मको लागि स्थगित
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयद्वारा प्रवाह हुँदै आएको सेवा स्थगित गरिएको छ ।

कार्यालयमा कार्यरत ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुनका साथै अन्य केही कर्मचारीहरूमा समेत कोरोनासँग मिल्ने लक्षण देखिन थालेपछि प्रशासन कार्यालयले माघ १० गतेदेखि सेवा प्रवाह स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताउनुभयो ।
नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण, प्रमुख जिल्ला अधिकारीको दस्तखत आवश्यक रहेका कार्यहरू पेन्सन पट्टा नामसारी, जन्म मिति, नाम थर सच्याउन खडा गरिने पर्चा, आदेश सिफारिस लगायतको सेवाहरू बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्