पाल्पाको फलाम खानी सञ्चालनमा आउन सकेन

पाल्पा । करिब ५ बर्ष पहिले अध्ययन भएतापनि पाल्पाको तिनाउ गाउँपालिकाको मस्याममा रहेको फलाम खानी सञ्चालनमा आउन सकेको छैन ।
स्थानीय जनताले खेती गरेको जमिन खरिद गरेर फलाम खानी सञ्चालन गर्ने जिम्मेवारी लिएको जगदम्बा स्टिल तथा फलाम कम्पनी र ढुवानी गर्ने कम्पनीको विवादका कारण यहाँको फलाम खानी सञ्चालनमा आउन नसकेको हो ।
मस्यामका स्थानीयको करिब सय रोपनी भन्दा बढी क्षेत्रफल जमिन खरिद गरेर उत्खनन सुरु गरेको तीन वर्षमै आपसी विवादका कारण उत्खनन कार्य रोकिदा खानी सञ्चालनमा आउन नसकेको हो ।
त्रिभुवन विश्व विद्यालयमा भूगर्भ सम्बन्धी अध्ययन गरेका विद्यार्थीले अध्ययनको क्रममा प्रयोगात्मक अभ्यास गर्दा फलाम खानी भएको पत्ता लागेको थियो । सो स्थानमा फलाम सँगै सिमेन्ट उद्योगका लागि आवश्यक पर्ने क्लिङ्कर समेत भएको पत्ता लागेको छ । स्थानीयको जमिन प्रति रोपनी ७५ हजार देखि ४ लाख रुपैयाँका दरले बिक्री भएको थियो ।
गाउँमा फलाम खानी सञ्चालनमा आए स्थानीयले प्रशोधन केन्द्रमा रोजगारी पाउने हुँदा आफ्नो जग्गा कम्पनीलाई बेचेको भएपनि आपसी विवादका कारण खानी सञ्चालनमा नआउनु दुखद भएको स्थानीय पदम बहादुर कार्की बताउनुहुन्छ ।
“दश जनाको जमिन खरिद गरी रजिष्ट्रेशन पास गरेको केही समयमा डोजर चलाउन सुरु गरे यहाँ उत्खनन गर्दा निस्किएको ढुगा माटो सिमेन्ट उद्योगमा पुर्याए । तर अहिले त्यही पनि बन्द भयो ।” स्थानीय स्थानीय कृष्ण बहादुर कार्कीले भन्नुभयो ।
जगदम्बा स्टिलको नाममा यहाँको जमिन पास भयो उत्खनन गर्दा निस्केको ढुगां माटो ढुवानी गर्ने कम्पनी एवम् दिपक गुरु·को बिचमा विवाद भएका कारण उत्खनन कार्य रोकिएको स्थानीयहरूको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्