तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा एक किशोरी मृत फेला

डोटी । डोटीको केआईसिँह गाउँपालिकाकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । केआईसिंह गाउँपालिका – ६ सलेनाकी १८ वर्षीय हरिना भाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घरबाट झण्डै आठ/नौ सय मिटर टाढा रहेको रउताने खोलामा मृत अवस्थामा उनको शव जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

उहाँले घटनाको थप अनुसन्धानको लागि आफ्नो नेतृत्वमा टोली खटिएको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button