कर्मचारीमा कोरोना भेटिएपछि मालपोत कार्यालयका सेवा बन्द
बागलुङ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङका सेवा बन्द भएका छन् ।

कार्यालयमा काम गर्दै आएका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
आइतबार सूचना जारी गरेर कार्यालय प्रमुख देवेन्द्र बहादुर थापाले अत्यावश्यक बाहेकका कामका लागि कार्यालय नआउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । कार्यालयका सबै कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दा लक्षण देखिएकाले कार्यालय सेवा बन्द गर्नुपरेको थापाले बताउनुभयो ।
अर्को सूचना जारी नहुँदासम्मका लागि भन्दै मालपोतले सेवा बन्द गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्